Logo

१६ औ संस्करणको युरोकप फुटबलमा ईटालीको जित



एजेन्सी, असार ७ । इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

रोमको ओलम्पिक स्टेडियममा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

१० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । खेलको ५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली अग्रता दोब्बर बनाउन चुकेको थियो ।

यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह ’ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्दै समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम