Logo

अब उमेरको कारणले सभापतिमा देउवा उठ्न सक्नुहुन्न, मेरो पुस्ता नेतृत्वमा आउँछ : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीको १४औं महाधिवेशन भदौको १९ गतेभित्रै सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले वर्तमान चूनौतिलाई सामना गर्दै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रियाशिल सदस्यताबारे पनि धेरै विवाद नभएको जिकिर गरे । उनले दुई/तीन भित्र सबै विवाद हल हुने जानकारी दिए ।

उनले वर्तमान सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गर्न नसकेको गुनासो पोखे । उनले सभापतिमा देउवाले पूनः दाबी गर्नु स्वभाविक भएपनि अब उमेरको कारणले नसकने टिप्पणी गरे । १४औं महाधिवेशनमा आफ्नो पुस्ता नै पार्टीको नेतृत्व गर्न अगाडि बढ्ने पनि उनको दाबी थियो । उनले सभापतिको लागि आफूहरु योग्य रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्