Logo

बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ७ असार । साताको कारोबारको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । आइतबार ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ८९ हजार ९५० हजार रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भएको आज चाँदीको मुल्य १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्