Logo

सीसीटीभीमा कैद भयो चोरले पसलको ताल्चा फोड्दै गरेको दृश्य (भिडियोसहित)



ललितपुर, ७ असार । चारजना चोर पसल अगाडि आइपुग्छन् । तीमध्ये पसलको ताल्चा फोड्न थाल्छ । तर, निकै समय लाग्छ ।

अचानक मान्छेले थाहापाएपछि भाग्छन् । यो दृश्य ललितपुरको महालक्ष्मी नगरपालिका ८ विष्णुडोलको हो ।

गाउँको मध्यभागमा रहेको पसलमा चोरले चोरीको प्रयास गरेको हो । रातको साँढे १ बजे चोरहरु गाउँको मुख्य बाटोबाट हिडिरहेको देखिन्थे । पछिल्लो समय महालक्ष्मी नगरपालिकामा चोरी बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्