Logo

चेम्वरद्धारा बाढीपीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण



काठमाडौं, ७ असार । नेपाल चेम्वर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङ जिल्लाका बाढी पीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको छ । कमर्सले बाढी पीडितहरुको लागि त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल हस्तान्तरण गरेको हो ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष श्री भक्तलाल श्रेष्ठलाई अध्यक्ष श्री राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन् ।

बाढिमा परी निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै अध्यक्ष मल्लले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षती पु¥याइ त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकामा गहिरो दुख व्यक्त गरेका छन् ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्