Logo

दीपक मनाङेले देउवा, प्रचण्ड र बाबुरामलाई भेटेकोबारे सूर्य थापाको टिप्पणी : उच्च प्रशंसा, स्वागत र हाईहाई त गर्नैपरो !



काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपा (एमाले)का युवा नेता सूर्य थापाले गण्डकी प्रदेशका विनाविभागीय मन्त्री दीपक मनाङेले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको भेटबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा मनाङेले देउवा, दाहाल र भट्टराईलाई गरेको भेटलाई नर्कको बाटो भएर हामी स्वर्गतिर जाँदैछौं भनेका छन् ।

उनले लेखेका छन्-“रत्नाकर डाँकु” वाल्किकी भएर – बुढानिलकण्ठ, टाेखा र खुमलटार दरबारमा साक्षात् दर्शनभेट दिन आएकाे अपूर्व क्षण । हामी यसरी नै पाे स्वर्गतिर जाँदैछाै, नर्ककाे बाटाे भएर ?  “अमरेश पुरी”काे हुलियावालाले जनमतविपरित ह्वाँकै कृपामा मुख्यमन्त्री प्राप्त गर्नुभएको सफलता जाे हासिल भयाे – गण्डकी तटमा ! एमालेलाई हटाउन निर्णायक सहयाेग गरेकाेमा ह्वाँकाे हामी तीन पूर्व प्रधानमन्त्रीकहाँ उच्च प्रशंसा, स्वागत र हाईहाई त गर्नैपराे ! र, समवेत् श्वरमा गाउनै पराे-

“सलल बग्याे गण्डकी

आज यहाँ छाैं, भाेलि त कहाँ हाे कहाँ?
यस्तै छ हाम्राे जिन्दगी !!”
………………………..
हामी महान छाैं,
हामीले जितेका छाैं,
हाम्राे एकता महान छ !!!!!
तस्बिर साैजन्य – राजीव गुरूङ उर्फ दीपक मनाङेकाे wall बाट ।



प्रतिक्रिया दिनुहोस्