Logo

बाढीपीडितलाई मलम लगाउन वर्षाको ‘मेलम्ची राहत अभियान’



काठमाडौं, ७ असार । लगातार अविरल वर्षाको कारण आएको ठुलो बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा धेरै क्षति पुगेको छ । बाढीले गर्दा सयौ मानिसहरु बेघर भएका छन् । हजारौको सपना बाढीसँगै बगेको छ । बाढीले सबै गुमाएका मेलम्चीबासीलाई राहतको औइरो लागेको छ ।

यसै क्रममा नेपाली चलचित्रका कलाकारहरु पनि सहयोगमा अग्रसर भएका छन् । शुक्रबार नायिका श्वेता खड्का सहित उनको टिमले हेलिकप्टरमार्फत मेलम्ची पुगेर बाढी पीडितलाई राहत वितरण गरेकी थियो । त्यस्तै, नायिका आँचल शर्मा, पुजा शर्माले पनि मेलम्ची पुगेर खाद्यान्न राहत वितरण गरेका छन् ।

नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमार्फत ‘मेलम्ची राहत अभियान’ सुरु गरेकी छिन् । उनले सिन्धुपाल्चोकका बाढी पीडितलाई आवश्यक पर्ने राहत सामाग्री सहयोग गर्ने अभियान सुरु गरेकी हुन् । वर्षालाई देशविदेशबाट सहयोग आउने क्रम जारी रहेको छ भन्दै अभियानमा सहयोग गर्नेहरुको नाम चाँडै सार्वजनिक गर्ने पनि उल्लेख गरेकी छिन् । सबै विवरण पारदर्शी राख्ने पनि उनले बताएकी छिन् ।

वर्षाले बाढी पहिरोले धेरै घरपरिवारमा क्षति पुर्याएकोले सबैले आफ्नो हिसाबले सहयोग गर्न पनि आग्रह गरेकी छिन् । उनले अभियानमा सहयोग गर्न चाहानेले प्रभु बैंकमा रहेको केवी फाउन्डेसनको खातामा रकम पठाउन सकिने जानकारी दिएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्