Logo

बाँस्कोटाको प्रश्न : ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो?



काठमाडौं, ७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी एकताको लागि माधव नेपाल पक्षधर सांसदहरुले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने र २०७५ जेठ ३ गते अघिको बैठक बस्नुपर्ने बताएका छन् । यदि यी शर्त नमान्ने भए एकताको लागि प्रयास नगर्दा नै बेश हुने उनको संकेतात्मक टिप्पणी छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? भनेर प्रश्नसमेत उठाएका छन् । उनले लेखेका छन्–‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन।अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’



प्रतिक्रिया दिनुहोस्