Logo

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सुन्दर यातायात प्रा.ली.ले बुझायो सरकारसमक्ष ज्ञापनपत्र



काठमाडौं, ७ असार । सुन्दर यातायात प्रा.ली.ले सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ । आज भौतिक पूर्वधार तथा यातायात सचिव रविमान श्रेष्ठको कार्य कक्षमा ज्ञापनपत्र बुझाएको प्रा.ली.का अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।

लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी , मजदुर , कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन प्रा.ली.ले माग गरेको छ ।

 

प्रा.ली.ले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–लामो समयसम्म लकडाउनको कारण हामी यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम वुझाउन नसकिरहेको तथा हामी यस क्षेत्रमा आवद्ध भई व्यवसाय गरी रहेका सम्पूर्ण व्यवसायी सो मा आवद्व कामदार , मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत सकिरहेका छैनौ । हामी सधै कोराना संग डराउने , कोरोनाको विरुद्द नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटी समेत बन्द भई ठुलो भोकमरी लाग्ने स्थिती आउनेछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्