Logo

राहुल गान्धीको आरोप : मोदी सरकार क्रुद्ध छ



भारत, ७ असार । भारतमा केन्द्र सरकारले सर्वोच्च अदालतमा कोरोना पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्वीकार गरेपछि कांग्रेस नेता राहुल गान्धीले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गरे-“जीवनको मूल्य तोक्नु असम्भव छ – सरकारी क्षतिपूर्ति थोरै सहायता मात्र हो तर मोदी सरकार पनि त्यसो गर्न तयार छैन।”

केन्द्रको मोदी सरकारले सर्वोच्च अदालतमा दायर गरेको पत्रमा भनिएको छ कि-“वित्तीय अवरोध र अन्य धेरै कारणले गर्दा कोविड १९ संक्रमणको कारण ज्यान गुमाएका परिवारलाई चार लाख रूपैयाँ सहयोग दिन सक्दैन।” सरकारले यो पनि भन्यो कि-“महामारीको सामना गर्न धेरै कल्याणकारी योजनाहरू सुरू भएका छन्, जसले जनतालाई फाइदा पनि पुर्‍याएका छन्।” एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्