Logo

१० करोड डलर चोरी भएपनि बँगलादेशको बैंकबाट संयोगले एक अर्ब डलर बचेको खुल्यो



एजेन्सी, ७ असार । बँगलादेशको बैंकबाट झण्डै एक अर्ब डलर चोरी भएको खुलेको छ । चोरहरु अलिकतिले मात्र रोकिए ।

उत्तर कोरियाका ह्याकरहरुले बँगलादेशको राष्ट्रिय बैंकबाट एक अर्ब डलर चोर्ने योजना बनाएका थिए । उनीहरु सफल हुन गइरहेका थिए । तर, अलिकतिले गर्दा मात्र रोक्किएको खुलेको छ । बीबीसीले जिअफ ह्वाइट र जीन एच लीको रिपोर्ट उल्लेख गर्दै यसबारे खबर छापेको छ ।

सुरुमा संयोगले ८ करोड १० लाख डलर रकम सार्नबाट रोकिएको थियो । बँगलादेशको बैकको दशौं तल्लामा राखिएको प्रिन्टरले काम गर्न छाडेको थियो । उक्त प्रिन्टरले ठूलो रकम बैंकबाट ट्रान्सफर भएको र बैंकमा ट्रान्सफर भएको रेकर्ड राख्थ्यो ।

ह्याकरहरुले कम्प्युटरको नेटवर्क नै तोडेका थिए । उनीहरुले अरबौं डलर चोर्न खोजेका थिए । एफबीआइले उक्त ह्याक उत्तरकोरियाको साथमा भएको उल्लेख गरेको छ । ह्याकरको बारे खुलासा समेत गरिएको थियो । पार्क उन ह्यो नामक युवकको तस्बिर पनि सार्वजनिक गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्