Logo

नेप्सेमा पहिरोः आज ७१ अंकले घट्यो शेयर बजार



काठमाडौं, ७ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से सुचक घटेर राताम्मै छन् ।

नेप्से आज ७१ दशमलव ६ अंकले घटेर २८ सय ३४ दशमलव ४० विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ८.३७ अंकले घटेर ५२० दशमवल १८ विन्दुमा रोकिएको छ ।
नेप्सेको अनुसार आज २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटक कारोबार भएर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्