Logo

शेयर बजारमा भारी अंकले गिरावट आउँदा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ७ असार । शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटक कारोबार भएर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सर्वाधिक भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य १७ सय ५३ रुपैयाँ कायम भई १ अर्ब ३० करोड बढीको कारोबार भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्टको ३१ करोड ७ लाख बढीको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ४१० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज नागरिक लगानीकोषको २९ करोड ६१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्