Logo

उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठसँग कतारी राजदूतको भेटवार्ता



काठमाडौं, ७ असार । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर राजदुत मोहम्मदले उपप्रधानमन्त्री महासेठसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, सहकार्य र कोभिडविरुद्ध एकताबद्ध भएर लड्नेलगायत थुप्रै विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्