Logo

सामाजिक सञ्जालमा आलिया भट्टको तस्वीर भाइरल



एजेन्सी, ७ असार । भारतीय सेलिब्रेटी फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर हरेक वर्ष चर्चामा रहन्छ । रतनानीको क्यालेन्डरमा केही बलिउडका कलाकारहरुको ग्लैमरस र बोल्ड तस्वीरहरु देखिन्छन् । डब्बु रतनानीको २०२१ को क्यालेन्डरको लागि केही बलिउड कलाकारहरुले फोटोसुट गरिसकेका छन् ।

यसै क्रममा आलिया भट्टले पनि क्यालेन्डरको लागि गरेको फोटोसुट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । आलियाको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यस तस्वीरमा आलियाले निलो आउटफिटमा आकर्षक पोज दिएकी छिन् ।

आलियाले डब्बुको क्यालेन्डलरलाई धेरै पटक फोटोशुट गराइसकेकी छिन् । यस पटक भने उनी टापलेस अवतारमा पनि देखिएकी छिन् । नयाँ क्यालेन्डर हालसम्म नआएपनि आलिया, सनी लियोनी, विद्याल वालन, कियारा सहितको तस्वीर भने आइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्