Logo

माधव नेपालबिनाको एकता हुँदैन् : गोकर्ण विष्ट



काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लागिपरेको बताएका छन् । उनले एकताको लागि शीर्ष नेताहरुबीच पनि सम्वाद चलिरहेको बताएका छन् । पछिल्लो समय एकताको सम्भावना टरेको भन्ने खबर आएका छन् । तर, नेता विष्ट भने पार्टी एकता हुनेमा आशावादी छन् । उनले एकता हुँदा माधव नेपालसहित हुने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने–‘एमालेको एकता हुँदा माधव नेपालसहितको एकता हुन्छ । उहाँबिनाको एकता हुँदैन् । अहिले प्रयास जारी छ ।’ नेता नेपालले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले हालै गरेको एकता आह्वान एकताको लागि भन्दापनि विभाजनको लागि गरिएको टिप्पणी गरेका छन् ।

उनले एकता चाहेको हो भने ओली २०७५ जेठ २ गते फर्कनुपर्ने र प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भनेर सार्वजनिक रुपमा माफी माग्नुपर्ने शर्तपनि राखेका छन् । तर, ओली भने नेता नेपालले अघि सारेका शर्त मान्न तयार छैनन् । पार्टी एकता जोगाउनको लागि दोस्रो पुस्तका नेताहरु निरन्तर छलफल र सम्वादमा छन् । तर, उनीहरुको प्रयास खेर जाने कतिपय नेताहरुको टिप्पणी छ । आजमात्रै पनि अध्यक्ष ओलीनिकट नेता गोकुल बाँस्कोटाले एकता प्रयास असफल भएको संकेत गरेका छन् ।

उनले ट्विटरमा लेखेका थिए-“एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन।अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot