काठमाडौं, ७ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार २ सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख २४ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५९ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज १० हजार ९ सय ४ जनाको परिक्षणमा ६५ सय ८३ जना पिसीआर बिधिबाट र ४३ सय २१ जना एन्टिजेन बिधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया