Logo

गगन थापालगायत युवा नेताहरुसँग छलफलमा निधि



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले युवा नेताहरुसँग छलफल थालेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित् अनुपम फूडल्याण्डमा सुरु भएको छलफलमा युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डेलगायत छन् ।

आसन्न १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका निधिले राजनीतिक भेटघाट र सक्रियता बढाएका छन् । उनले आज विहानमात्रै आफ्नो निवासमा प्रकाशमान सिंह र शशांक कोइरालासँग छलफल गरेका थिए । उक्त भेटवार्तामा नयाँ समिकरण बनाएर जानेबारे कुराकानी भएको बुझिएको थियो ।

तर, निधि भने संस्थापनईतरका युवा नेताहरुसँग अहिले भेटवार्तामा जुटेका छन् । सभापति शेरबहादुर देउवाले यसपटक पनि आँफै सभापतिमा उठ्ने घोषणा गरेपछि निधि देउवासँग बिच्किएका छन् । उनले देउवाले आफूलाई धोका दिएको भन्दै अब ब्याक नहुने पनि स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्