Logo

१५ एसएसपीको सरुवा (सुचीसहित)



काठमाडौं, ७ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ एसएसपीहरुको सरुवा निकालेको छ । मन्त्रिस्तरीय निर्णयबाट उनीहरुको सरुवा निकालिएको जनाइएको छ ।

सरुवा भएकामा मीरा चौधरी १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली, प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियार प्रदेश कार्यालय वीरगञ्ज, जनकराज पाण्डेय प्रदेश कार्यालय महेन्द्रनगर, गोबिन्दकुमार साह प्रदेश कार्यालय धरान, कृष्णहरी शर्मा प्रदेश कार्यालय पोखरा, हृदय थापा अन्वेषण निर्देशनालय, टेकबहादुर तामाङ अख्तियार, नलप्रसाद उपाध्याय काठमाडौं राजमार्ग सुरक्षा महाशाखा छन् ।

यसैगरी, राजेन्द्रप्रसाद चौधरी १ नं प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशी अपराध अनुसन्धान विभाग, दिपक थापा प्रदेश प्रहरी कार्यालय जनकपुर, चन्द्रकुबेर खापुङ अपराध अनुसन्धान, विक्रमबहादुर चन्द सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा छन् ।



प्रतिक्रिया दिनुहोस्