Logo

उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठसँग स्विस राजदूतको शिष्टाचार भेटवार्ता



काठमाडौं, ७ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्याप्लरले शिष्टाचार भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–स्विस द्धिपक्षीय सम्बन्ध, सहकार्य र कोभिडविरुद्धको सहकार्यका बारेमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री महासेठसँग नेपालका लागि कतारी राजदूतले शिष्टाचार भेटवार्ता गरेका थिए । कतारी राजदुतसँगपनि द्धिपक्षीय सम्बन्ध, सहकर्या र कोभिडविरुद्ध सहकार्यको बारेमा छलफल भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्