Logo

म सभापति लड्छु, देउवाजीले समर्थन गर्नुहुन्छ : निधि (भिडिओसहित)



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरिसकेकोले अब यसबाट ब्याक नहुने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो उद्देश्य रहेको सुनाए । उनले आफू १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताए । आफूले पार्टी सभापति शेरबहादुर देउवालाई पनि सभापतिमा उठ्ने भनेर भनिसकेको पनि उनले सुनाए । उनले आफूलाई सभापतिमा यसपटक देउवाले सहयोग गर्नेमा विश्वास रहेको पनि सुनाए । उनले भने-“मलाई विश्वास छ, अहिले निर्णय गर्ने समय छ, त्यो बेलासम्म उहाँले मलाई सहयोग गर्नुहुन्छ । देउवा प्रधानमन्त्री पनि भैसक्नुभयो, सभापति पनि भैसक्नुभयो । उहाँ र मबीच कुराकानी भएको छ । १३औं महाधिवेशनमा पनि यो कुरा उहाँलाई भनेको थिएँ ।”



प्रतिक्रिया दिनुहोस्