Logo

आज पनि बढ्यो सुनको मुल्य



काठमाडौं, ८ असार । आज नेपाली बजारमा सुनको मुल्य ६ सयले बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९१ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । हिजो प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्