Logo

नेप्सेद्वारा नागरिक लगानीकोषको शेयरमुल्य समायोजन



काठमाडौं, ८ असार । मंगलबार नागरिक लगानी कोषको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेको अनुसार कोषको ९ प्रतिशत बोनस शेयरमा मुल्य समायोजन गरेको हो ।

कोषको सोमबार भएको अन्तिम कारोबार मुल्य ४ हजार ८० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको छ । नेप्सेले कोषको समायोजन पछिको मुल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरेको छ । समायोजन पछिको नयाँ मुल्यको आधारमा कोषको आजदेखि शेयर कारोबार हुनेभएको छ ।



प्रतिक्रिया दिनुहोस्