Logo

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभाश प्रस्ताव



काठमाडौं, ८ असार । नेपाल पुनर्बीमा कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले मुनाफा र हाल कायम भएको चुक्तापुँजीको आधारमा २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको अनुसार आर्थिक वर्ष ०७६÷७७ को नाफा र हाल कायम १० अर्ब चुक्तापुँजीको आधारमा १६.५० प्रतिशत र ३.५० प्रतिशत कर प्रयोजनार्थ गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बीमा समितिको स्वीकृति पछि र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र प्रस्तावित लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्