Logo

सिद्वार्थ व्यवस्थित लगानी योजनाको इकाई बिक्रि असार १६ गतेदेखि



काठमाडौं, ८ असार । सिद्वार्थ व्यवस्थित लगानी योजनाको इकाई असार १६ गतेदेखि बिक्रिमा ल्याउने भएको छ । सिद्वार्थ क्यापिटलले आफ्नै व्यवस्थापनमा २ करोड इकाई बिक्रि गर्ने भएको हो ।

उक्त इकाईमध्ये १० प्रतिशत इकाई कोष प्रबन्धक सिद्वार्थ बैंक लिमिटेडले र ५ प्रतिशत इकाई सिद्वार्थ क्यापिटलले पुजीको रुपमा लगानी गर्ने जनाएको छ । छिटोमा असार २० गतेसम्म र ढिलोमा असार ३० गतेसम्म बिक्रिमा ल्याइएको इकाई खरिदको लागि न्युनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरेको छ । कम्पनीले इकाई बिक्रि प्रबन्धकमा सिद्वार्थ क्यापिटललाई जिम्मेवारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्