Logo

एमालेको किचलोको कारण सिंगो राष्ट्रिय राजनीति नै बिथोलिएको भीम आचार्यको टिप्पणी, अघि सारे ६ सुझाव



काठमाडौं, ८ असार । नेकपा (एमाले) का नेता भीम आचार्यले एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको टिप्पणी गरेका छन् । उनले यसले गर्दा २०६२÷०६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरुसमेत संकटमा परेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत आचार्यले एमालेमा समस्या उत्पन्न हुनुको मुख्य कारण भनेको गत फागुन २८ गते पार्टीको एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु नै मुख्य स्रोत भएको पनि बताएका छन् ।

उनले अघि लेखेका छन्–”यतिबेला नेकपा बिभाजन र एमाले भित्रको किचलो ले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्ति ले ल्याएका उपलब्धि हरु संकटमा परेका छन् ।अहिले नेकपा एमाले भित्र घात-प्रतिघात, गुट/उपगुट, बिस्वास-अविस्वास, कार्वाही-प्रतिकार्वाहि, समर्थन-बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधि हरु यसको मुख्य श्रोत हो। यस्को अन्त्य को निम्ति निम्न कार्य गर्न आवश्यक छ।”
उनले अघि सारेका ६ बुँदे प्रस्ताव यस्ता छन्
(१) पार्टी को नवौं राष्ट्रिय महाधिवेशन ले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृया बाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्य हरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२ )गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णय हरु खारेज गरिनुपर्छ र गरिएका सबै काम हरु void घोषणा गर्नु पर्दछ ।
(३) पार्टी भित्र का गुटहरुको टकरावका कारण यस बिच भयका द्वन्द्व र कामहरु को उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौती हरु को एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टी लाई बिधि-बिधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नु पर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टी हरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्