Logo

ब्राउनसुगर सहित पक्राउ



मोरङ, ८ असार । अवैध लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने २० वर्षीय महेश चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

प्रदेश नम्बर १.०२.०४५ प ३९७३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot