Logo

कोरोना खोपको डेल्टा भेरीयन्टमा कम प्रभावः डब्लुएचओ



एजेन्सी, ८ असार । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस खोप भारतमा पाइने डेल्टा भेरियन्टमा कम प्रभावकारी भएको बताएको छ । यद्यपि डब्ल्यूएचओले स्पष्ट रूपमा खोपबाट मृत्युको जोखिम कम भएको भन्दै गम्भीर रोगबाट बचाउँने बताउदै आएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुख मारिया भ्यान केरखोभले प्रेस सम्मेलनमा ल्यान्सेट जर्नलमा प्रकाशित नयाँ अध्ययनले अल्फा, बीटा, गामा र कोलोना भाइरसको डेल्टा भेरियन्ट बिरूद्धको खोपको प्रभावकारिताको मूल्यांकन गरेको जानकारी दिए । उनले डेल्टा भेरियन्ट विरूद्ध भ्याक्सिनको प्रभावकारिता कम भएको पाइएको बताए ।

उनको अनुसार खोपको असर कम हुनुको कारण केही म्यूटेशनमा आएको परिर्वतन हो । भारतमा पाइएको डेल्टा प्लस भेरियन्टमा म्यूटेशन परिर्वतन हुने कारण सजिलै फैलिएको हो ।

यद्यपि रूसले यो खोप डेल्टा भेरियन्टमा बढी प्रभावकारी भएको दाबी गर्दै आएको छ । यस अघि, भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) का वैज्ञानिकहरूले कोविडशिल्ड र कोभाक्सिन कोरोना भाइरसको बी .१.१ ज्ञ ठ १.द्द.२ संस्करणको बिरूद्ध केही एन्टबडीहरू मात्र उत्पादन गर्न सक्षम भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्