Logo

नेप्से ७९ अंकले बढ्दा १० अर्बमा खुम्चियो कारोबार



काठमाडौं, ८ असार । शेयर बजार आज ७९ अंकले उकालो लागेको छ । केही दिनदेखि निरन्तर राताम्मै भएको नेप्सेमा आज हरियाली छाएको छ । केही दिन यता घटेको नेप्से आज ७९ दशमलव ४४ अंकले बढेर २९ सय १३ दशमलव ८४ विन्दुमा पुगेको हो ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १६.१९ अंकले बढेर ५३६ दशमलव ३४ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२५ कम्पनीको १ लाख १२ हजार ५० पटक कारोबार भएर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार उच्च भएको छ । अपि पावरको आज सबैभन्दा धेरै १० प्रतिशतले शेयरमुल्य बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्