Logo

नेप्से २ प्रतिशतले बढ्दा पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ८ असार । शेयर बजारमा आज हरियाली छाएको छ । १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता २६ रुपैयाँले बढेर १७ सय ७८ रुपैयाँ शेयरमुल्य कायम भई १ अर्ब ४९ करोड बढीको कारोबार भएको छ ।

त्यस्तै, आज हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४५१ रुपैयाँ कायम भई ३२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३४ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २० करोड ७३ लाख, लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको १६ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्