Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ८ असार । नेप्सेमा आज १० अर्ब २८ करोड ६२ लाख बढीको कारोबार भएको छ । आज ३२ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् । ४४० रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको पनि १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । कम्पनीको आज १० प्रतिशतले शेयरमुल्य बढेर ४५१ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ ।

यसैगरी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनी, नाङी ग्रुप कम्पनीको १० प्रतिशतले शेयरमुल्य बढेको छ ।  यसैगरी, आज राधी विद्युत कम्पनी, जोशी कम्पनीलगायतका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्