Logo

बाबुरामको प्रतिक्रिया : क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्!



काठमाडौं, ८ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले आज २० मन्त्रीलाई पदमुक्त गरेको फैसलाको स्वागत गरेका छन् । उनले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावनाविपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत गरिएको उल्लेख गर्दै भनेका छन्,‘संविधानको व्याख्यता अदालतले त्यसलाई उल्टाउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् ।’

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस्!”



प्रतिक्रिया दिनुहोस्