Logo

अदालतको आदेशपछि नारायणकाजीको टिप्पणी : अति भएपछि खति हुन्छ नै



काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले २० मन्त्री पदमुक्त गर्ने सर्वोच्च अदालतको आजको आदेशको स्वागत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-“अति भए पछि खति हुन्छ नै।सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ। संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ।जबकि यो मुलतस्राजनीतिको काम हो।सबैलाइ चेतना होस्।”



प्रतिक्रिया दिनुहोस्