Logo

योगेश भट्टराईको टिप्पणी-एमाले एकताको अपरिहार्यतालाई जोड गरेजस्तो लाग्छ



काठमाडौं, ८ असार । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले अदालतको आजको फैसलाले एमालेको एकतालाई नै अपरिहार्यतालाई नै जोड गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-“अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।”



प्रतिक्रिया दिनुहोस्