Logo

नेपाल बैंक सञ्चालकमा दाहाल



काठमाडौं, असार ९ । नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव दाहालले सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

शपथग्रहण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र कम्पनी सचिव समेतको उपस्थिति रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्