Logo

नोकिया जी–२० र जी–१० बजारमा



काठमाडौं, असार ९ । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नेपालमा नोकिया जी२० र नोकिया जी१० फोन लन्च गरेको छ।

तीन दिन टिक्ने ब्याट्री रहेको दाबी गरिएको उक्त फोनमा ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको व्यवस्था रहेको बताइएको छ। यसमा ६.५ इन्चको डिस्प्ले, १३ एमपीको ट्रिपल क्यामेरा रहेको बताइएको छ। यसको अगाडि ८ एमपीको क्यामेरा छ।

यो फोनमा तीन वर्षको सुरक्षा अपडेट र दुई वर्षको सफ्टवेयर अपग्रेड सुविधा छ। नाइट र ग्लेसियर रङ भेरियन्टमा उपलब्ध हुने यो फोनको ४÷६४ जिबीको भेरियन्टलाई १९ हजार नौ सय ९९ रूपैयाँ र ४÷६४ जिबी भेरियन्टलाई १६ हजार नौ सय ९९ पर्ने कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्