Logo

देउवा परिवारको ‘राधे राधे’ सल लगाएको यो तस्बिर



काठमाडौं, ९ असार । यो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सानो परिवारको तस्बिर हो । तस्बिरमा देउवासहित उनकी पत्नी आरजु राणा देउवा र छोरा जयवीर देउवा देखिएका छन् ।

तस्बिरमा देउवा दुलाहा जस्तै सजिएका छन् । दुबोको माला शेरबहादुर देउवा र आरजु देउवा दुवैले लगाएका छन् । उनीहरुले राधे राधे लेखेको सल र रुद्राक्षको माला लगाएका छन् ।

यो तस्बिर कुनै धार्मिक पूजाका क्रममा राखेको देखिन्छ । यो तस्बिर निकै अर्थपूर्ण छ ।

हिन्दु धर्मको कुनै पूजापछि यो तस्बिर खिचिएको देखिन्छ । यो आफैमा सन्देश हो ।

पछिल्लो समय राजनीतिक दलका नेताहरुले आफूलाई हिन्दु धर्म संस्कृतिसँग जोडेर सन्देश दिइरहेका छन् । आरजु देउवाले यो तस्बिर राख्नु अर्थपूर्ण छ ।

प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु धर्म संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सक्रिय हुँदै आएका छन् । उनी पशुपतिनाथको विशेष पूजा गरेर चर्चामा आएका छन् । अयोध्यामा राम मन्दिर निर्माण गराउन लागिपरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि गेरु वस्त्र लगाएर हिंड्छन् । उनको शैली जसपाका ठाकुर पक्षीय अन्य नेताले पनि अपनाउन थालेका छन् ।-तस्बिर स्रोतः आरजु देउवाको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्