Logo

नेपालको राजनीति अदालतको परिसरमा गएर अड्किएको छ, संसद् पूनःस्थापना हुन्छ : त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ९ असार । निवर्तमानमन्त्री हृदयेश त्रिपाठीले नेपालको राजनीति राजनीतिक दल र नेताहरुको काबुभन्दा बाहिर गएर अदालतको परिसरमा गएर अड्किएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले राजनीति अदालतको परिसरमा गएर अड्किएर बसेको छ । राजनीति कमजोर भएपछि अदालत सक्रियतामा लागेको हो ।’ उनले निवन्ध लेख्ने काम अदालतले गर्न नहुने तर्क गरे । उनले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरे । त्रिपाठीले भने,‘वैकल्पिक सरकारको लागि दुवै पक्षले विकल्प प्रस्ताव गरिसकेको छ । मेरो विचारमा प्रतिनिधिसभा पूनःस्थापना हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्