Logo

दक्षिणकालीमा हत्या गरिएकी सन्तोषी र धर्मपिता धनेले ४ वर्ष अघि के के भने (भिडियोसहित)



काठमाडौं, ९ असार । यी सन्तोषी सुब्बा हुन् । उनी चराचुरुङ्गीको हुबहु आवाज निकाल्थिन् । यही खुबीले उनी चर्चाको शिखरमा पुगेकी थिइन् ।

चार वर्षयता सन्तोषी चराचुरुङ्गीको आवाज निकालेर विभिन्न स्थानमा कला प्रस्तुत गर्दै बढेकी थिइन् । तर, ७ जेठमा उनको हत्या भयो । ८ जेठमा शव भेटियो र पहिचान ९ जेठमा मात्र भयो ।

सन्तोषी धर्मपिता धने तामाङसँग कालोपुलमा बस्दै आएकी थिइन् । उनका धर्मपिता धने तामाङको घर काभ्रे हो । उनी काभ्रे स्थायी घर भएका हुन् ।

सन्तोषीले रिपोर्टर्स नेपालसँगको कुराकानीमा आफ्नो पुख्र्यौली घर झापाको दमक भएको जवाफ दिएकी थिइन् । उनले माताबारे अनविज्ञता प्रकट गरेकी छिन् । पिता भने रहेको बताएकी थिइन् ।

आफूले सानै उमेरबाट चराचुरुङ्गीको आवाज निकाल्दै आएको बताएकी थिइन् । यो कुनै अभ्यासबाट भन्दा आफै गर्दा गर्दै आएको उनको जवाफ थियो ।

प्रहरीले विभत्स तरिकाले हत्या गरिएकी सन्तोषीको पहिचान गरेपछि विभिन्न कोणबाट अनुसन्धान बढाएको छ । सन्तोषीका धर्मपिता धनेसँग सोधपुछ बढाएको छ ।

सन्तोषीको किन र कस्ले हत्या गर्यो भन्नेबारे अनुसन्धान बढेको छ । लकडाउनको बखत उनी कसरी दक्षिणकाली पुगिन् र के कारणले हत्या भयो भन्नेमा प्रहरी अनुसन्धान केन्द्रित भएको छ ।

हत्या गरिएको स्थानमा रगत र झगडा परेको देखिएको छ । यसैका आधारमा उनको योजनावद्ध तरिकाले हत्या भएको हुनसक्ने भन्दै प्रहरी अनुसन्धान केन्द्रित रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्