Logo

काँग्रेसको पौडेल खेमाको बैठक, क्रियाशील सदस्यता विवाद समाधानबारे छलफल



काठमाडौं, ९ असार । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाइतर खेमाका नेताहरुको बैठक बसिरहेको छ । टोखास्थित महामन्त्री डा. सशांक कोइरालाको निवासमा नेताहरुले महाधिवेशन तोकिएको मितिमै गर्ने गरी क्रियाशील सदस्यताको विवाद समाधानको उपायबारे छलफल गरिरहेका छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजालका अलावा नेताहरु प्रदीप पौडेल, कल्याण गुरुङ, जीवन परियारलगायतका नेताहरु छन् । क्रियाशील सदस्यता छानविन समितिका आफूपक्षीय नेताहरु राखेर पौडेल खेमाले छलफल गरिरहेको हो ।

काँग्रेसको क्रियाशील सदस्यता विवाद नटुंग्याएमा महाधिवेशनको कार्यतालिकामा असर पर्न सक्छ । त्यसलाई दृष्टिगत गरी नेताहरुले विवाद टुंगाएर जानेबारे छलफल बढाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्