Logo

असार १७ बाट आन्तरिक उडान, भोलिबाट अन्तर्राष्ट्रिय उडान (सुचनासहित)



काठमाडौं, ९ असार । सरकारले आन्तरिक उडान असार १७ गतेबाट पुनः सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुलाउने निर्णय गरेकोमा पर्यटन मन्त्रालयले मिति तोकेको हो ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा १६ वैशाखदेखि जारी भएपछि आन्तरिक उडान बन्द गरिएको थियो । निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै आन्तरिक उडान सुचारु गर्ने निर्णय भएको हो । पर्यटन मन्त्रालयले मितिबारे आज पर्यटन मन्त्रालयका सुचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन् ।

उडान संख्याको आधा उडाउन पाउने गरी आन्तरिक उडान खुलाइएको जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले उडानको व्यवस्थापन गर्नेछ ।

यसैगरी, अन्तराष्ट्रिय उडानमा थप उडानहरु भोलिबाट खुलाउने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानको तालिका समेत सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्