Logo

एसपी हुँदा १ नम्बरमा तर डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गरायो : एसएसपी चौधरी



असार ९, काठमाण्डौ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको गुनासो गरेका छन् । लागुऔषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धीहरु बुधबार सार्वजनिक गर्दै आफुलाई अन्याय भएको बताएका हुन् ।

उनले आफु एसपी हुँदा १ नम्बरमा भए पनि डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गराएको आरोप लगाएका छन् । चौधरीले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउदै २०७४ मा भएको निर्वाचनको कुरालाई लिएर विभेद गरेको आफुले जानकारी पाएको दावी गरे । निर्वाचनमा आफुले कसैलाई काखा र पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गरेका छन् ।

एसएसपी चौधरीले आफु लागुऔषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको वर्णन गरेका थिए । उनले विभिन्न मितिमा भएका सफल कार्यहरुलाई पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । गत तीन पर्षको अनुपातमा लागुऔषध सम्बन्धी मुद्दामा कमि आएको उनले बताए । यो वर्ष ६५ वटा मुद्दा दर्ता भएको बताउदै पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको उल्लेख गरे । उनले गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइन बरामदको संख्या बढेको बताएका छन् ।

नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिए । व्यूरो प्रमुख चौधरीले नेपाल प्रहरीको ५५ वर्षे उमेर हदका कारण बुधबार नै अवकास पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्