Logo

यी हुन युरो कपको नकआउट चरणमा प्रवेश गरेका १६ टोली



एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ ।

यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी र इटाली पनि दोस्रो चरणमा प्रवेश गरे ।

इटाली, बेल्जियम, नेदरल्याण्ड्स, इंगल्यान्ड, स्वीडेन र फ्रान्स समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गरे । वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोयसिया, स्पेन, पोर्चुगल समूह उपविजेता भएर नकआउट चरणमा प्रवेश गरे । तेस्रो स्थानका उत्कृष्ट ४ टोली स्वीटजरल्यान्ड, युक्रेन, चेक रिपब्लिक र जर्मनी पनि नकआउट चरणमा प्रवेश गरे ।

समूह विजेता
इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंगल्यान्ड, स्वीडेन र फ्रान्स

समूह उपविजेता
वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र पोर्चुगल

उत्कृष्ट तेस्रो स्थान
स्वीटजरल्यान्ड, युक्रेन, चेक रिपब्लिक र जर्मनी



प्रतिक्रिया दिनुहोस्

Screenshot