Logo

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट



काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले ६ वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएकोे ऋणपत्र निष्कासन तथा व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविविलाई नियुक्त गरेको हो ।

बैंकको अनुसार अबदेखि ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot