Logo

प्रधानमन्त्री ओलीका सल्लाकाहरले पोखे अदालतप्रति असन्तुष्टि



काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतप्रति असन्तुष्टि पोखेका छन् । उनले कोरोना महामारीको बखत स्वास्थ्यमन्त्री रिक्त पारिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

थापाले चुनाव गराउन शान्तिसुरक्षाको विशेष खाँचो पर्ने बेलामा गृहमन्त्री खाली गरिएको भन्दै असन्तुष्टि समेत पोखे । उनले आज ट्वीटरमालेखेका छन्, ‘आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?’

सुर्य थापाको ट्वीटः काेराेना महामारीकाे कहर छ, खाेप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीकाे चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ,चुनाव गराउन शाान्ति-सुरक्षाकाे विशेष खाँचाे पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताकाे सिद्धान्त स्यालकाे सिङजस्तै कता हराएको हाेला श्रीमान?



प्रतिक्रिया दिनुहोस्