Logo

प्रधानमन्त्री ओलीमाथि एक वर्ष कैद सजाय हुनसक्ने अधिवक्ता खातीको दाबी (भिडिओसहित)



काठमाडौं, १० असार । अधिवक्ता खम्ब बहादुर खातीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को गरेर संविधान मिच्ने काम गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को ५ अनुसार पूनः प्रधानमन्त्रीमा दाबी गर्नु आँफैमा असंवैधानिक भएको जिकिर गरे । उनले प्रधानमन्त्रीमा ओली योग्य नै नभएको पनि दाबी गरे ।

उनले संविधानको धारा १२८ मा सर्वोच्च अदालतको आदेश वा फैसला सबैले मान्न बाध्य हुनेछन् भनेर लेखिएको स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीको नियत सफा छैन् । उहाँ गैरकानूनी काम गर्न उद्धत हुनुहुन्छ । सम्मानित सर्वोच्च अदालतले प्रणाली बसाल्नुपर्छ ।’ उनले सर्वोच्च अदालते प्रतिनिधिसभा पूनःस्थापना गर्ने पनि दाबी गरे । उनले यसअघि पनि अदालतले संसद् पूनःस्थापना गरिसकेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्