Logo

लेनिनः बाहिर सादगी, भित्र विलासी



सन् १९२४ जनवरी २१ मा भ्लादिमिर इल्यिच उल्यानोभ उर्फ लेनिनको शवलाई गोर्की-लेनिन्स्कीबाट रोल्स-रोयस सिल्भर घोस्ट नामको लक्जरी कारमा राखेर मस्को लगियो । मस्कोको दक्षिणी भूभागमा रहेको गोर्की लेनिन्स्कीमा उनको एकल स्वामित्वको प्रशस्त जायजेथा थियो । एक किसिमले उनी धनीमानी नै थिए ।

तत्कालीन सोभियत संघमा साम्यवादी शासनका संस्थापक एवं बोल्सेविक क्रान्तिका नेता लेनिन बाहिर हेर्दा सादगी लाग्थे तर भित्र थिए एय्यासी । काउन्सिल अफ पिपल्स कमिसार्स अफ द सोभियत युनियनका चेयरम्यानका रुपमा लेनिनको लवाइ-खुवाइ सामान्य देखिए पनि बसाइ विलासी थियो । 

लेनिनका कैयौं कमजोरी थिए । तीमध्ये एउटा थियो– महँगा कारहरूको ग्यारेजकहिले रिनल्ट ४० सीभी, टुरक्याट मेरी १६५ एफएम लिमो र डिलौनी बेलभिल४५ गाडी चढ्थे, कहिले रोल्स–रोयस सिल्भर घोस्ट मोडलको विश्वको एकमात्र स्वचालित स्लेज । त्यसका लागि राज्यकोषमा अचाक्ली व्ययभार थियो ।

ड्राइभम्यागडटकमका अनुसार कारका सोखिन थिए लेनिन । उनी ठूला, फेन्सी र महँगा विदेशी कार चढ्न पराउँथे । लेनिन सवार हिलो, हिउँ र बालुवामा समेत सजिलै गुड्ने रोल्स-रोयस सिल्भर घोस्ट अहिले पनि गोर्की-लेनिन्स्की संग्रहालयमा सुरक्षित छ । सन् १९२२ जुलाई ११ मा लन्डनमा पहिलो पटक किनिएको त्यस कारको मूल्य १८५० डलर थियो । यस्ता तीन वटा कारसहित उनको निजी संग्रहमा ४० वटा सवारी साधन थिए ।

रुसी क्रान्तिअघि सानोतिनो नोकरी र आमासँग निर्भर थिए लेनिन । सन् १९१७ पछि कुरै अर्को भयो । उनको अपार्टमेन्ट रुसी शासकहरूको जस्तै भव्य थियो । बैठक, रिसेप्सन, टेलिफोन अपरेटरद्वारा सञ्चालित एउटा स्वीचबोर्ड अनि सावरसहितको बाथरुम मात्र होइन, लिफ्ट पनि हालिएको थियो । टेबलमुनिको भुइँ ढाक्नका लागि भालुको छाला समेत राखिएको थियो ।

खासमा कमाइभन्दा बढी खर्च थियो लेनिनको । उनको मासिक तलब ५०० रुबल्स मात्र थियो । विभिन्न सुविधाका लागि राज्यकोषबाट खर्च बेहोरिएको थियो । राज्यले उनका लागि दुई ठूला आलिसान महलको प्रबन्ध गरेको थियो । तिनको मर्मत, फर्निसिङ सुरक्षा, सञ्चारको खर्च बेहिसाब थियो । उनका लागि दशौं हजार अमेरिकी डलर तिरिएको विदेशी स्वास्थ्य विशेषज्ञहरूको टोली हाजिर थियो

कम्युनिस्ट कार्यकर्ताले जे प्रोपागान्डा गरे पनि मोज त लेनिनले पनि गरेकै रहेछन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्