Logo

कोरोनाको सबैभन्दा घातक डेल्टा भेरियन्ट



एजेन्सी, १० असार । कोरोना डेल्टा भेरियन्ट पछिल्लो दुई महिना यता भारतमा निकै घातक सिद्ध भएको छ । यो अत्यधिक चाँडो फैलिएको विशेषज्ञहरु बताउछन् । दोस्रो भेरियन्टले भारतमा लाखौ मानिसहरुको ज्यान लिएको छ ।

डेल्टा भेरियन्ट अहिले सम्मकै सबैभन्दा संक्रमणकारी हो । युरोपको पहिलो लहरमा फेला परेको यो भेरियन्टले सुरुमा एक व्यक्तिबाट ३ जनालाई संक्रमण गराउने आशंका गरिएपनि हाल डेल्टा भेरियन्ट संक्रमित व्यक्तिले ८ जनासम्म संक्रमित गराइरहेको छ ।

अल्फा (बी.१.१.७): यो भेरियन्ट सेप्टेम्बरमा २०२० मा बेलायतमा पहिलो पटक पत्ता लागेको हो । मुल कोरोना भाइरस भन्दा ३० देखि ७० प्रतिशत धेरै घातक भेटिएको छ । मुल कोरोना भाइरसमा खोप प्रभावकारी भएको थियो ।

बीटा (बी.१.३५१): यो भेरियन्ट दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको हो । यो बीटा भाइरस मुल कोरोना भाइरस भन्दा धेरै छिटो फैलिन्छ । यसको धेरै अवस्थामा कोरोना खोपले प्रतिरोध क्षमता बढाउछ । तर यसबाट पुनःसंक्रमणको सम्भावना रहन्छ ।

गामाः यो भेरियन्ट ब्राजिलमा गत वर्ष नोभेम्बरमा पत्ता लागेको हो । यो धेरै उत्परिर्वतन (म्युटेशन)को कारण छिटो फैलिन्छ । यो पनि बीटाजस्तै मानिसमा संक्रमित हुने सम्भावना रहन्छ ।

डेल्टाः यो भेरियन्ट भारतमा सबैभन्दा पहिला अक्टोबरमा पत्ता लागेको थियो । दोस्रो लहरमा भारतमा कोलाहल मच्चाउने नै यही भेरियन्ट हो । अहिलेसम्म पनि तिव्र रुपमा फैलिरहेको छ । यसले कोरोना खोप र कोरोनाबाट बनेको प्रतिरोधात्मक क्षमतालाई पनि बिगार्न सक्छ ।

डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भारतमा धेरै डेल्टा प्रकोप भएको बताएका छन् । पछिल्लो समय ब्रिटेनमा पनि ९१ प्रतिशत डेल्टाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, अमेरिकामा पनि डेल्टाका भेरियन्ट १५ दिनमा दुई गुणा बढिरहेका छन् । चाँडै नै यो भेरियन्ट संसारभर पुग्ने देखिएको छ ।

इम्पीरियल कलेज लन्डनका महामारी विशेषज्ञ नील फर्ग्युसनले अल्फा रूप एक सुपर स्प्रेडर हो भन्दै डेल्टा भेरियन्ट अल्फा भन्दा ६० प्रतिशत छिटो तिव्र रुपमा फैलिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्