Logo

भीसी विजेता गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा



एजेन्सी, १० असार । भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालनमा आएको छ । लन्डनको प्याडिङटन स्टेशनबाट ग्रेट वेस्टर्न रेल्वेले बुधबारबाट रेल सेवा सञ्चालनमा ल्याएको हो ।

तुलबहादुर पुनले विश्वयुद्धमा बेलायतका तर्फबाट लड्दा देखाएको बहादुरीको कदर गर्दै भिक्टोरिया क्रस पाएका थिए । यो बेलायतको सैनिकलाई दिइने सबैभन्दा उच्च पदक हो ।



प्रतिक्रिया दिनुहोस्