Logo

नेप्सेमा गिरावट कायमै, १६ अंकले घट्दा ७ अर्बको कारोबार



काठमाडौं, १० असार । शेयर बजार केही दिन यता ओरालो लागेको छ । धितोपत्र बोर्डले ५१ जेखिमयुक्त कम्पनीको सुची सार्वजनिक गरेसँगै नेप्सेमा गिरावट आएको हो ।

साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज पनि नेप्से १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २१९ कम्पनीको ७८ हजार ९८३ पटक कारोबार भएर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल र हाइड्रोपावर बाहेक सबै उपसमुहका सुचक घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्